निर्वाचन आचारसंहिता स्वीकृत, माघबाट कार्यान्वयनमा आउने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेकाे हाे । आचारसंहिता स्वीकृत गरेसँगै दल, उम्मेदवार र सम्बन्धित सबै निकायलाई त्यसको कडाइका साथ पालना गर्न आयाेगले आग्रह गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य चुनाव तोकिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझावसमेत समेटेर आचारसंहिता स्वीकृत गरिएको भण्डारीले बताए । यसपटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।

आयोगका अनुसार आचारसंहिता निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तयार गरिएको हो । नयाँ आचारसंहितामा राजनीतिक दल र उम्मेदवारलाई थप जिम्मेवार बनाउने व्यवस्था गरिएको छ ।

विशेषगरी दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा गरेका प्रतिबद्धताअनुसारको कार्यप्रगति प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था समेटिएको छ । यसलाई निर्वाचनका बेला मात्रै नभएर निर्वाचित भइसकेपछि पनि राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्ने महत्वपूर्ण प्रावधानका रूपमा हेरिएको छ ।

आचारसंहिता लागू भएको अवधिमा त्यसको उल्लंघन गर्नेहरू आयोगको निगरानीमा पर्नेछन् । अनुगमनका क्रममा कसैले आचारसंहिताविपरीत काम गरेको पाइएमा निर्वाचन आयोगले उल्लंघनकर्ताको नामसहितको विवरण सार्वजनिक गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, १३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.