काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेकाे हाे । आचारसंहिता स्वीकृत गरेसँगै दल, उम्मेदवार र सम्बन्धित सबै निकायलाई त्यसको कडाइका साथ पालना गर्न आयाेगले आग्रह गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य चुनाव तोकिएको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझावसमेत समेटेर आचारसंहिता स्वीकृत गरिएको भण्डारीले बताए । यसपटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।
आयोगका अनुसार आचारसंहिता निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तयार गरिएको हो । नयाँ आचारसंहितामा राजनीतिक दल र उम्मेदवारलाई थप जिम्मेवार बनाउने व्यवस्था गरिएको छ ।
विशेषगरी दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा गरेका प्रतिबद्धताअनुसारको कार्यप्रगति प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था समेटिएको छ । यसलाई निर्वाचनका बेला मात्रै नभएर निर्वाचित भइसकेपछि पनि राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्ने महत्वपूर्ण प्रावधानका रूपमा हेरिएको छ ।
आचारसंहिता लागू भएको अवधिमा त्यसको उल्लंघन गर्नेहरू आयोगको निगरानीमा पर्नेछन् । अनुगमनका क्रममा कसैले आचारसंहिताविपरीत काम गरेको पाइएमा निर्वाचन आयोगले उल्लंघनकर्ताको नामसहितको विवरण सार्वजनिक गर्ने व्यवस्था छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,431)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)