समानुपातिक उम्मेदवारकाे सूची बुझाउने प्रक्रिया सुरु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची बुझाउने प्रक्रिया आइतबार (आज)देखि सुरु हुँदैछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बन्दसूची बुझाउन आइतबार र सोमबार २ दिनको समय तोकेको छ । राजनीतिक दलहरूले आफ्नो बन्दसूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ४ बजेसम्म बुझाउनुपर्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूची विधि, प्रक्रिया र कानुनले तोकेका सबै मापदण्ड पूरा गरेर पेस गर्नुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १ सय १० सिट रहेका छन् ।

यही सिटका लागि उम्मेदवारहरूको प्राथमिकता क्रमसहित बन्दसूची पेस गर्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिएका दलहरूमध्ये १ सय दललाई निर्वाचनमा सहभागी हुन स्वीकृति दिइएको छ । जबकि आयोगमा हाल १ सय ३७ दल दर्ता छन् ।

संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार राजनीतिक दलहरूले बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनका साथै दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिमलगायत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ । आयोगले दलहरूलाई बन्दसूची सार्वजनिक गर्नसमेत आग्रह गरेको छ । आयोगका अनुसार यस प्रक्रियाले दलहरूको पारदर्शिता र समावेशी प्रतिबद्धताको स्पष्ट तस्बिर प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति: आइतबार, १३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.