जेन–जी आन्दोलनपछि दलहरू नसुध्रिनु संकटको संकेत : भुसाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले ‘जेन–जी’ (नयाँ पुस्ता)को आन्दोलनपछि पनि राजनीतिक दलहरूमा पुनर्जागरण नआउनु मुलुकका लागि संकटको विषय भएको बताएका छन् ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले ठूला कम्युनिष्ट पार्टीहरूमा पुरानै नेतृत्वको हालीमुहाली कायम रहनुले देशलाई थप द्वन्द्वतर्फ धकेल्ने बताए ।

प्रमुख दलहरूप्रति लक्षित गर्दै उनले भने, “जेन–जी आन्दोलन एउटा ठूलो अवसर थियो, तर दलहरूले आफूलाई सुधार्ने मौका गुमाए। राजनीतिलाई बर्वाद बनाउने पुरानै नेतृत्व फेरि जीवित हुनु भनेको मुलुकमा संकट निम्त्याउनु हो । यस्तो नेतृत्वबाट न समस्याको समाधान हुन्छ, न त संविधानले अपेक्षा गरेको राजनीतिक निकास नै सम्भव छ।”

भुसालले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू बिग्रनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । आफू पहिलेको पार्टी (एकीकृत समाजवादी) मा रहँदा नयाँ पुस्ताको भावना बुझेर अघि बढ्न सुझाव दिए पनि त्यसलाई नेतृत्वले स्वीकार नगरेको उनले गुनासो गरे ।

नेकपा एकीकृत समाजवादीका पूर्वमहासचिव समेत रहेका भुसाल सो पार्टी र माओवादी केन्द्रबीच एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ बन्दा एकता प्रक्रियामा सहभागी नभई नेकपा (संयुक्त) मा सक्रिय भएका हुन् ।  सरकारले निर्वाचनको तयारी गरेपनि निर्वाचनअघि हुनुपर्ने आवश्यक राजनीतिक सहमति अझै जुट्न नसकेको उनले  बताए ।

प्रकाशित मिति: शनिबार, १२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.