प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख मतदाता

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन् । निर्वाचन आयोगका अनुसार योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ ।

जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन् । निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।

यसपालि राष्ट्रिय परिचय पत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । निर्वाचनका लागि आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो । त्यसपछि नामावलीमा भएको त्रुटी सच्याएपछि आयोगले मतदाता संख्या सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: शनिबार, १२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.