प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख मतदाता

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन् । निर्वाचन आयोगका अनुसार योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ ।

जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन् । निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।

यसपालि राष्ट्रिय परिचय पत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । निर्वाचनका लागि आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो । त्यसपछि नामावलीमा भएको त्रुटी सच्याएपछि आयोगले मतदाता संख्या सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: शनिबार, १२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.