विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बिहीबार साँझ विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो । स्कुटर चालक ग्रामथान–५ बस्ने ३५ वर्षीय केशर कार्की घाइते भएका छन् । उनीहरू बुबाछोरा हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले साँझ करिब ६ बजे बालकलाई मृत घोषित गरेका थिए । केशरको अवस्था मध्ययम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टिपर र चालक सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)