विराटनगर । नेकपा एमालेकाे ११ औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका नेता गुरु बरालको नाम प्रतिनिधिसभाकाे समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ ।
नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालकाे नाम सिफारिस गरेकाे हाे । उनीसँगै १६ जनाको नाम सिफारिस गरेको जिल्ला सचिव सोमराज थापाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कमिटीबाट बरालसँगै नरेश पोखरेल, भुराज राई, शान्ति लिम्बू, धना तामाङ, रामलाल साह, सत्यनारायण चौधरी, खेम नेपालीलगायतको नाम सिफारिस भएको छ । प्रदेशले आकांक्षी सूची आज केन्द्रमा पठाउनेछ ।
समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका बराल पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता हुन् । केपी ओलीको समूहबाट उम्मेदवार बनेका उनी सो समूहबाट पराजित हुने सिनियर नेता हुन् । उनीसँगै उपमहासचिव उम्मेदवार विष्णु रिमाल पनि पराजित भएका थिए । पराजित हुनुअघि बराल एमालेको उपाध्यक्ष नै थिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)