नेकपाबाट माेरङका दुई क्षेत्रमा एकल उम्मेदवार सिफारिस

Satya Sanchar सत्य सञ्चार
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीकाे माेरङ क्षेत्र नम्बर ४ र ५ काे क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको एकल नाम सिफारिस भएको हो । पूर्वमन्त्री मोदी २०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोदीको नाम क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको छ । पूर्वमन्त्री मण्डल २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।
यी हुन् अन्य क्षेत्रबाट सिफारिसमा परेका नेता ? 
६ वटा क्षेत्र रहेकाे माेरङकाे क्षेत्र नम्बर ६ बाट प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री जीवन आचार्यसहित अमनलाल मोदी,वसिम आलम, ओपेन्द्र राय, विनाेद प्रभात घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो. आलम प्रवेज, अंकिता आले र साइमन रेग्मीको नाम सिफारिस भएको छ । आले जेनजी हुन् ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ क्षेत्र कुलप्रसाद साम्बा,उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशीश सुवेदी (जेनजी), कल्पना राई, विरन्द्र चेञ्जोड, नगेन्द्र धिमाल, राजेन्द्र दंगाल र दिपक काफ्लेको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी) को नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ सावित्रीकुमार काफ्ले, देउमान सुव्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी)र चन्द्रकला सुब्बाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.