गाडी प्रयाेगकाे विषयमा ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सडकमै झगडा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गाडी प्रयोगको विषयलाई लिएर मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सडकमै झगडा भएको छ । बुधबार अध्यक्ष नोमनारायण माझीले प्रयोग गरेको गाडी उपाध्यक्ष गुणवतीदेवि थारुले नियन्त्रणमा लिएपछि दुई पक्षबीच बिराटनगरको सडकमै झगडा भएको हो । पार्टीको कार्यक्रमका लागि विराटनगर आएकी उपाध्यक्ष थारुले अध्यक्षले प्रयोग गर्ने गाडी देखेपछि चालकबाट चाबी खोसेकी थिइन् ।

सरकारी गाडी लिएर अध्यक्ष माझी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उपाध्यक्षले चाबी खोसेपछि अध्यक्ष रिसाए । विवाद बढ्दै जाँदा अध्यक्ष र एमाले कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । त्यसपछि स्थानीयले अध्यक्ष माझीलाई रोकेका थिए ।

यसअघि गत फागुनमा अध्यक्ष माझीले उपाध्यक्षसहित वडाध्यक्षको सवारी खोसेका थिए । गाडी खोसेपछि जनप्रतिनिधि आफ्नै सवारी प्रयोग गरिरहेका छन् । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यकर्तालाई लिएर आएका कारण गाडी रोकिएको बताइन् ।

अध्यक्ष माझीले पालिकाको काममा बाधा पुर्‍याउने नियतले जनप्रतिनिधिहरूले अनावश्यक विवाद सिर्जना गरेको बताए । आफूले बिलासिताका लागि नभई जनताको सेवाका लागि पदमा आएको बताउँदै उनले काम गर्नका लागि जनप्रतिनिधिले नै रोकेको गुनसो गरे ।

‘गाउँ सभा बोलाउँछु नोट अफ डिसेन्ट लेख्छन्, उपस्थित हुँदैनन् । कार्यपालिका बैठक बोलाउँछु, आउँदैनन् । अनि के गर्ने ? म भत्ता खान गएको त होइन नि । तलब-भत्ता खानको लागि म अध्यक्ष भएको होइन,’ उनले भने, ‘जनताको काम गर्नलाई म त्यहाँ गएको हो । अनि के गर्ने त ?’
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय बाहिर दुई पक्षबीच विवाद भए पनि कार्यालयमा प्रवेश गरेनन् । ‘उहाँहरूको झगडा भएको भिडियोमा देखियो तर कार्यालयमा छलफलका लागि आउनुभएन । गाउँपालिकामा नै छलफल गर्ने भन्दै जानु भएछ,’ उनले भने, ‘अरू विषय जानकारी भएन ।’

गत मंसिरमा भएको उपनिर्वाचनमा माझीले माओवादी केन्द्रबाट पालिकाका अध्यक्ष जितेका थिए । एमालेको बहुमत भएको पालिकामा अध्यक्ष माझी र उपाध्यक्षसहित एमालेका जनप्रतिनिधिबीच पटकपटक विवाद भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.