विराट ट्रेड एक्स्पाे सुरू

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने अपेक्षासहित एक्स्पो आयोजना गरिएको हो ।

विराटनगर–१, शान्ति चोकमा आयोजित अन्तर्राष्ट्रियस्तरको यस व्यापार मेलाको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरे । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उनले संकटका बेला निजी क्षेत्र आफैं जुर्मुराएर अघि बढेको बताए ।

उनले संसद्को अनुपस्थितिमा कानुन निर्माण गर्ने अभ्यासले लोकतन्त्रलाई बलियो नबनाउने धारणा राखे । उनले भने, ‘यो सरकारलाई असीमित म्याण्डेट छैन। कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु पनि हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो ।’

उनले अध्यादेशको आधारमा शासन चलाउनु असल अभ्यास नभएको समेत उल्लेख गरे ।

सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गर्नुपर्नेमा उनले जोड दिए । आर्थिक संकटका बेला निजी क्षेत्रले देखाएको धैर्यताको प्रशंसा गर्दै उनले व्यवसायीहरू आफैँ जुर्मुराएर अघि बढ्न खोज्नु अर्थतन्त्रका लागि सुखद पक्ष भएको बताए ।

उद्घाटन समारोहमा बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र नेपाली बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म जोड्ने मुख्य लक्ष्यका साथ एक्स्पोको सुरुवात गरिएको बताए ।

पुस १९ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा जम्मा २३० वटा स्टलहरू रहेका छन्, जसमा नेपालका साथै छिमेकी मुलुकहरू भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू समेत समावेश छन् ।

प्रदर्शनीमा कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको स्टल राखिएको छ ।

एक्स्पो अवधिभर विभिन्न विषयगत (थिमेटिक) सेसन पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । जसमा स्टार्टअप, साना तथा मध्यम उद्यम , पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलता जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । मेला अवधिभर २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र करिब २५ देखि ३० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.