जेनजी आन्दाेलनमा भागेका कैदी हत्या आराेपमा राेल्पाबाट पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जेनजी आन्दाेलनका क्रममा गत भदाै २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक युवक ठमेलमा भएकाे युवकको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका छन् । कारागारबाट भागेर ठमेलमा हत्या गरि फरार फरार भएका कैदी आकाश मगर पक्राउ परेका हुन् ।  प्रहरीले उनलाई रोल्पाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको छ ।

नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार फरार रहेका मगरलाई विशेष खोजीका क्रममा रोल्पामा फेला पारिएको हो ।

प्रहरीका अनुसार घटना गत असोज १३ गतेको हो । लुटपाट र डकैतीको अभियोगमा जेल सजाय काटिरहेका मगर गत भदौ २४ गते कारागारमा भएको तोडफोड र प्रदर्शनको मौका छोपेर फरार भएका थिए ।

कारागारबाट भागेको केही समयपछि उनले ठमेलमा २५ वर्षीय तामाङ थरका युवकलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । मनमैजु बस्दै आएका ती युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त हत्या पुरानो रिसइबीका कारण भएको देखाएको छ । घटनास्थल वरपरको सीसीटीभी फुटेज र प्राविधिक अनुसन्धानका आधारमा हत्यामा मगरको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । विभिन्न म्यानुअल र प्राविधिक विधिको प्रयोग गर्दै अन्ततः प्रहरीले उनलाई रोल्पामा लुकिछिपी बसेको अवस्थामा फेला पार्न सफल भएको हो । पक्राउ परेका मगरमाथि थप कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.