नालीमा भेटियो मोटरसाइकल, छेउमा चालककाे शव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा एउटा मोटरसाइकल नालीभित्र भेटिएको छ । घटनास्थल नजिकै चालक पनि मृत फेला परेका छन् ।

घटना दमक नगरपालिका–७ लालीगुराँस टोलको हो । हनुमान मन्दिरबाट रतुवा पुलतर्फ जाँदै गरेजस्तो देखिने बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल पूर्वतर्फ पानी भएको ढलको नालीभित्र दुर्घटना भएको अवस्थामा बुधबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राई मृत फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भनेर यकिन छैन ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.