आजबाट ‘विराट ट्रेड एक्स्पो–२०२५’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा आजबाट ‘विराट ट्रेड एक्स्पो–२०२५’ सुरु हुँदै छ । मोरङ उद्योग व्यापार संघको आयोजना गरेकाे एक्स्पोको उद्घाटन आज दिउँसो २ बजे हुनेछ ।

आयोजकले मंगलबार एक्स्पो स्थलमै पत्रकार सम्मेलन गरी ११ दिने महोत्सवका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिइसकेको  थियाे ।

एक्स्पोका संयोजक अमितकुमार शारदाका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टलहरू रहनेछन् । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएका छन् । प्रदर्शनीमा कृषिजन्य, औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसम्बन्धी सामग्रीहरू रहनेछन् । नेपालका अतिरिक्त छिमेकी राष्ट्र भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवको अवधिभर लगातार ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई (कृत्रिम बुद्धिमत्ता), सूचना प्रविधि र नयाँ कर प्रणाली जस्ता समसामयिक ९ ओटा विषयहरूमा ‘थिमेटिक सेसन’ र सेमिनारहरू सञ्चालन गरिनेछन् ।

आर्थिक मन्दीको वर्तमान अवस्थामा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यो एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र २० देखि २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.