पश्चिमी वायुका कारण चिसाे बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । तापक्रम घट्दै जाँदा चिसो बढेकाे छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने भएको हाे । पश्चिमदेखि पूर्वी तराईसम्म चिसो बढ्ने भएकाले थप सतर्क हुनुपर्ने उनकाे भनाइ छ ।

पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण चिसो बढेकाे हाे । बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र अबेरसम्म घाम नलाग्दा चिसो हुने उनको भनाइ छ ।

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । कतिपय ठाउँमा मध्याह्न १२/१ बजेसम्म घाम नलाग्न सक्छ ।

बिहान पौने ६ बजे झापाको चन्द्रगढीमा भिजिविलिटी १०० मिटर छ । विराटनगरमा ८०० मिटर भिजिविलिटी छ । भैरहवा र जनकपुरसमा समान हजार मिटर भिजिविलिटी छ ।

दिपायलमा ८००, धनगढीमा १२००, वीरेन्द्रनगर र घोराहीमा समान २०० तथा नेपालगञ्जमा ८०० मिटर भिजिविलिटी रहेको छ ।

प्रकाशित मिति: बुधबार, ०९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.