पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वउपप्रधानमन्त्री एवं नेपाल सद्भावना पार्टीका पूर्वकार्यवाहक अध्यक्ष बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ । विराटनगर महानगरपालिका–९ स्थित निजी निवासमा मंगलबार उनको निधन भएको हो ।

मधेसको राजनीति र राजसंस्थासँगको निकट सम्बन्धका कारण उनी नेपाली राजनीतिमा एक चतुर र प्रभावशाली पात्रका रूपमा चिनिन्थे ।

स्वर्गीय मण्डलले तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र दुवैको विश्वास पात्र बनेर पटक–पटक राजकीय जिम्मेवारी सम्हालेका थिए । मोरङ जिल्ला सभापति रहेकै बेला उनी तत्कालीन राजपरिवारसँग नजिकिएका थिए र पहिलो पटक अर्थ सहायक मन्त्री बनेका थिए । त्यसपछि २०४३ सालमा उनले कानुन तथा न्याय मन्त्रीको जिम्मेवारी पाएका थिए ।

२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि गठित मन्त्रिपरिषद्मा मण्डल तेस्रो वरियतासहित कृषि मन्त्री बनेका थिए । उनले उपप्रधानमन्त्रीको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए ।

मण्डलको राजनीतिक जीवनको एक महत्त्वपूर्ण मोड २०५६ सालको निर्वाचनलाई मानिन्छ । तत्कालीन मोरङ क्षेत्र नम्बर ५ बाट उनले नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं पूर्वउपप्रधानमन्त्री शैलजा आचार्यलाई पराजित गर्दै सबैलाई अचम्मित पारेका थिए ।

गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीमा आबद्ध भएर उनले लामो समय मधेसको राजनीतिलाई नेतृत्व दिएका थिए । देशमा गणतन्त्र स्थापना भएपछि केही समय राजनीतिक रूपमा निष्क्रिय रहे पनि उनी पुनः सद्भावना पार्टीको राजनीतिमा सक्रिय भएका थिए ।

मण्डललाई नजिकबाट चिन्नेहरू उनलाई एक सक्रिय र जनस्तरमा भिजेका नेताका रूपमा स्मरण गर्छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता जयराम यादव भन्छन्, “उहाँ मोरङको राजनीतिमा धेरै पुरानो र सक्रिय नेता हुनुहुन्थ्यो । मेरो बुबाको वि.सं. २०३२–३३ सालमा बनेको नागरिकतामा उहाँकै हस्ताक्षर छ । पञ्चायतकालदेखि नै उहाँको प्रभाव निकै लोभलाग्दो थियो ।”

स्वर्गीय मण्डलका दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् । उनका चार छोरामध्ये एकको केही समयअघि नै निधन भइसकेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०८ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.