विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा रहेकाे ‘बिग होटल’मा सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’मा सञ्चालित गोल्डेन क्यासिनोमा आइतबार राति प्रहरीले छापा मारी २० जना नेपालीलाई पक्राउ गरेको छ ।

नेपालीका लागि प्रतिबन्धित क्यासिनोमा जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मारेकाे थियाे ।

पक्राउ पर्नेहरूमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत रहेका छन् ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी जुवा ऐन अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, ०७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.