काठमाडौं । देशका धेरै भागमा आज पनि मौसम बदली हुनेछ । राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज बिहान तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ तराईसँगै पहाडी उपत्यकामा पनि हुस्सु र कुहिरो लागिरहेको छ ।
हुस्सु र कुहिरो लागेसँगै तीन दिनबाट चिसोको महसुस भएको छ । यसको कारण पश्चिमी वायु भएको मौसमविद् झा बताउँछन् । “५५ सय ६ हजार मिटरमथि उपल्लो वायुमण्डलमा बनेको न्यूनचापीय प्रणालीका कारण चिसो भएको हो,” उनी भन्छन्, “शक्तिशाली न्यूनचापीय प्रणाली नभए पनि न्यूनचापीय प्रणाली बनेको छ । न्यूनचापीय प्रणालीका कारण आएको चिसो हावाका कारण चिसो भएको हो ।”
चिसाे हिजो भन्दा आज कम हुने र आजभन्दा भोलि कम हुने उनको भनाइ छ । न्यूनचापीय प्रणालीका कारण चिसो हावा आए पनि पानी पार्ने क्षमता भएको जलवाष्प हावा भने नरहेको उनी बताउँछन् ।
जलवायुविज्ञ धर्मराज उप्रेती पश्चिमी वायुको प्रभावले चिसो बढेको बताउँछन् । “पश्चिमी वायुको प्रभावले चिसो बढ्नेछ । बादल र हुस्सु थप देखिने सम्भावना छ,” जलवायुविज्ञ उप्रेती भन्छन्, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।” उनले चिसो हावा बढ्ने सम्भावना रहेको बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)