पश्चिमी वायुकाे प्रभाव : देशभर चिसाे बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशका धेरै भागमा आज पनि मौसम बदली हुनेछ । राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ तराईसँगै पहाडी उपत्यकामा पनि हुस्सु र कुहिरो लागिरहेको छ ।

हुस्सु र कुहिरो लागेसँगै तीन दिनबाट चिसोको महसुस भएको छ । यसको कारण पश्चिमी वायु भएको मौसमविद् झा बताउँछन् । “५५ सय ६ हजार मिटरमथि उपल्लो वायुमण्डलमा बनेको न्यूनचापीय प्रणालीका कारण चिसो भएको हो,” उनी भन्छन्, “शक्तिशाली न्यूनचापीय प्रणाली नभए पनि न्यूनचापीय प्रणाली बनेको छ । न्यूनचापीय प्रणालीका कारण आएको चिसो हावाका कारण चिसो भएको हो ।”

चिसाे हिजो भन्दा आज कम हुने र आजभन्दा भोलि कम हुने उनको भनाइ छ । न्यूनचापीय प्रणालीका कारण चिसो हावा आए पनि पानी पार्ने क्षमता भएको जलवाष्प हावा भने नरहेको उनी बताउँछन् ।

जलवायुविज्ञ धर्मराज उप्रेती पश्चिमी वायुको प्रभावले चिसो बढेको बताउँछन् । “पश्चिमी वायुको प्रभावले चिसो बढ्नेछ । बादल र हुस्सु थप देखिने सम्भावना छ,” जलवायुविज्ञ उप्रेती भन्छन्, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।” उनले चिसो हावा बढ्ने सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, ०७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.