काठमाडाैं । नेकपा (एमाले) का बुद्धिजीवी नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन । बिहीबार नै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएका थिए ।
वि.स. २०३९ सालदेखि कम्युनिष्ट आन्दोलनमा रहेका पुरी पछिल्लो सयय राजनीतिक नेतृत्वको आलोचना गर्थे । राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेका मानिस उत्पादन मुलक पेसा ब्यावसायमा जोडिनुपर्ने बहस चलाइरहेका थिए ।
विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । २०३९ सालमा तत्कालिन मालेमा जोडिएका उनले २०४७ सालमा नेकपा एमालेको सक्रिय सदस्यता लिएका थिए । ‘पार्टीमा धरै वर्ष लागेर योगदान गरियो,एमालेले अहिलेको अवस्थामा अहिलेकै शैली र ढंगले देशमा परिवर्तन गर्नसक्छ भन्ने विश्वास रहेन,’ उनले भने,‘ गुम्सिएर बस्न सकिएन, पत्यिाग गरे, अब नयाँ ढंगले अगाडि बढ्न सकिन्छ ।’
पुरी निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजधानी बाहिरबाट पहिलो अध्यक्ष बनेका पुरी विराटनगस्थित एभरेष्ट स्कूलका सञ्चालक हुन् । उनको ‘खाली खुट्टा’ पुस्तक पनि प्रकाशित छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)