एमालेबाट सभासद् बनेकी राज्यलक्ष्मी रास्वपाकाे समानुपातिक उम्मेदवारकाे प्रारम्भिक सूचीमा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा (राजलक्ष्मी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । उनी  विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य हुन् ।

रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गर्दै निवेदन दिएकाहरुको प्रारम्भिक सूचीमा संविधानसभा सदस्य गोल्छाको नाम मधेशी कोटामा छ । रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरुसँग पुस ५ गते छलफल गर्नेछ ।

गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । चन्दा दिए बापत उनलाई पार्टीले मधेशी कोटामा संविधानसभा सदस्य बनाएको भन्दै एमालेको आलोचना भएको थियो । तर, प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएका बेला संसद बैठकमा अनुपस्थित भएपछि २०७२ कात्तिक १ गते बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई राजीनामा गर्न निर्देशन दिएको थियो ।

गोल्छा स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्र विराटनगरलाई औद्योगिक नगरीको रुपमा परिचित गराउने रामलाल गोल्छाका नाती हुन् । जननेता मदन भण्डारीसँग महेन्द्र नजिक थिए । तर, उनको परिवार राजनीतिमा थिएन । तर राज्यलक्ष्मी एकाएक एमालेको सांसद बनेकी थिइन् ।

एमालेसँगको सम्बध बिग्रिएपछि राजलक्ष्मी विवेकशील साझा पार्टीमा जोडिएकी थिइन् । विवेकशील साझा पार्टीले केही दिनअघि रास्वपासँग एकता गरेको थियो । समानुपातिक उम्मेदवारको सर्टलिष्टमा परेपछि गोल्छाले सांसद निर्वाचित भए देशको सेवा गर्ने बताइन् । विवेकशील साझा पार्टी एकता भएपछि रास्वपामा आएको उनको भनाइ छ । ‘उहाँहरुले राख्नु भएको छ, यो राम्रो कुरा हो,’ उनले भनिन्,‘त्यसबाट निर्वाचित भइयो भने झन् राम्रो, देशका लागि केही योगदान गर्न पाइन्छ ।’

प्रकाशित मिति: शुक्रबार, ०४ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.