एमालेबाट सभासद् बनेकी राज्यलक्ष्मी रास्वपाकाे समानुपातिक उम्मेदवारकाे प्रारम्भिक सूचीमा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा (राजलक्ष्मी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । उनी  विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य हुन् ।

रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गर्दै निवेदन दिएकाहरुको प्रारम्भिक सूचीमा संविधानसभा सदस्य गोल्छाको नाम मधेशी कोटामा छ । रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरुसँग पुस ५ गते छलफल गर्नेछ ।

गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । चन्दा दिए बापत उनलाई पार्टीले मधेशी कोटामा संविधानसभा सदस्य बनाएको भन्दै एमालेको आलोचना भएको थियो । तर, प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएका बेला संसद बैठकमा अनुपस्थित भएपछि २०७२ कात्तिक १ गते बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई राजीनामा गर्न निर्देशन दिएको थियो ।

गोल्छा स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्र विराटनगरलाई औद्योगिक नगरीको रुपमा परिचित गराउने रामलाल गोल्छाका नाती हुन् । जननेता मदन भण्डारीसँग महेन्द्र नजिक थिए । तर, उनको परिवार राजनीतिमा थिएन । तर राज्यलक्ष्मी एकाएक एमालेको सांसद बनेकी थिइन् ।

एमालेसँगको सम्बध बिग्रिएपछि राजलक्ष्मी विवेकशील साझा पार्टीमा जोडिएकी थिइन् । विवेकशील साझा पार्टीले केही दिनअघि रास्वपासँग एकता गरेको थियो । समानुपातिक उम्मेदवारको सर्टलिष्टमा परेपछि गोल्छाले सांसद निर्वाचित भए देशको सेवा गर्ने बताइन् । विवेकशील साझा पार्टी एकता भएपछि रास्वपामा आएको उनको भनाइ छ । ‘उहाँहरुले राख्नु भएको छ, यो राम्रो कुरा हो,’ उनले भनिन्,‘त्यसबाट निर्वाचित भइयो भने झन् राम्रो, देशका लागि केही योगदान गर्न पाइन्छ ।’

प्रकाशित मिति: शुक्रबार, ०४ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.