विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँमा देखिएको छ ।
मोरङको धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह एउटी युवतीलाई मन पराउँथे । उनी युवतीको घरमा हात माग्न पनि पुगेका थिए । तर, युवती र उनको परिवारले विशाललाई अस्वीकार गरे ।
मंसिरमा युवतीको विवाह अर्कै युवकसँग भयो । आफूले मन पराएको केटी अर्कैको भएपछि विशालको युवतीको परिवारलाई फसाउने योजना बनाए ।
फिल्मी शैलीजस्तो देखिने योजना अनुसार विशालले सुरुमा युवतीका बुवालाई फसाउन खोजे । त्यसपछि श्रीमानलाई निशाना बनाए ।
मंसिर २७ गते धनपालथान–४ कर्सिया बजारमा प्रदेश–१–०४–००२ प ६४७१० नम्बरको मोटरसाइकलको इन्डिकेटरभित्र लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) लुकाइएर राखिएको सूचना प्रहरीमा पुग्यो । प्रहरी पुग्दा मोटरसाइकल चालक २९ वर्षीय राजीव चौधरी खाजा खाँदै थिए ।
प्रहरीले खानतलासी गर्दा १३.३१० ग्राम लागुऔषध ब्राउन सुगर भेटियो । तर, राजीवको हाउभाउ र आत्मविश्वास देखेपछि प्रहरी अलमलमा पर्यो । उनी निर्दोष जस्तै देखिन्थे ।
प्रहरीलाई शंका लाग्यो । ठीक यस्तै घटना २०८२ वैशाख २० गते पनि भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुऔषध भेटिएको थियो । तर, ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले दुवै घटनालाई जोडेर हेर्दा रोचक तथ्य खुल्यो । पहिले पक्राउ परेका चन्द्रशेखर र अहिले पक्राउ परेका राजीव नाताले ससुरा–ज्वाइँ रहेछन् ।
दुवै घटनामा प्रहरीलाई सुराकी दिने व्यक्ति एउटै थिए । त्यसपछि प्रहरीले सुराकी दिने विराटनगर महानगरपालिका–९ का २७ वर्षीय राजा धोवीलाई नियन्त्रणमा लियो । विशालकुमार सिंहको योजनामा १० हजार रुपैयाँको लाेभमा मोटरसाइकलमा लागुऔषध राखेको स्वीकार गरे । त्यसपछि राजिव घर फर्किए ।
धोवीको बयानपछि प्रहरीले विशालका सहयोगीहरू रोशन मण्डल र पारस मण्डललाई पक्राउ गर्यो । मुख्य योजनाकार विशालकुमार सिंह पनि पक्राउ परे । पक्राउ परेपछि विशालले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा रहेका चारै जना पेसेवर चोर र पटके अपराधी हुन् । वाइरिङको काम गर्ने आवरणमा उनीहरू अपराधमा सक्रिय रहने गरेको प्रहरीले जनाएको छ ।
‘यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेलमा जाने अवस्था थियो ,’ प्रहरी उपरीक्षक कटवालले भने,‘हामीले गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)