उपाध्यक्ष पक्राउ परेपछि श्रम संस्कृति पार्टीले गर्याे निलम्बन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् । बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत निलम्बन गरिएकाे जानकारी दिएका हुन् ।

साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको बताए ।  ‘राज्यले निष्पक्ष छानबिन गरोस्। उहाँ (देवराज लामा) दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ। यसमा हाम्रो केही भन्नु छैन,’ उनले भने,’म गलतलाई गलत नै भन्ने मान्छे हो। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई कारबाही हुनैपर्छ। तर यदि निर्दोष हुनुहुन्छ भने उहाँलाई दुःख दिन पाइँदैन।’

प्रकाशित मिति: बुधबार, ०२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.