विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बलात्कारपछि भएको विभत्स हत्याले सिंगो समाजलाई स्तब्ध बनायाे ।
विश्वासिला मानिने छिमेकी ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीबाट बालिकाको हत्या भएपछि अहिले दुई परिवारकाे जीवन तहसनहस भएको छ । नवीन गाैतमकाे परिवारले छाेरी गुमाएकाे छ । आराेपी पदमबहादुरकाे परिवार गाउँबाट विस्थापित भएकाे छ ।
गत असोज २१ गते अचानक हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो। प्रहरीले चलाएको ‘जस्टिस फर अंशु गौतम’ (जग) अपरेसन अन्तर्गत लामो अनुसन्धानपछि मंसिर १८ गते छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेका थिए ।
प्रहरीका अनुसार अधिकारीले ‘घाँस काट्न सघाए पैसा दिन्छु’ भन्दै फकाएर बालिकालाई जंगल लगेका थिए। त्यहाँ बलात्कार गरेपछि पोल खुल्ने डरले सुरुमा घाँटी थिचेर हत्या गरेको र पछि हँसियाले रेटेर टाउको अलग गराएको उनले स्वीकार गरेका छन् ।
पदमबहादुरले आफ्नो अपराध स्वीकार गरेपछि गाउँमा ठूलो आक्रोश फैलियो । उत्तेजित भीडले अधिकारीको घरमा तोडफोड गरेपछि सुरक्षा खतरा बढेको भन्दै उनको परिवार गाउँ छाड्न बाध्य भयो ।
अधिकारीकी श्रीमती, छोरा र छोरी अहिले आफन्तको शरणमा छन् । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाका अनुसार आरोपी पक्राउ परेलगत्तै परिवार विस्थापित भएको हो । “आरोपीले गल्ती गरे पनि त्यसको सजाय परिवारले पाउनु हुँदैन,” उनले भनिन्, “अवस्था सामान्य बन्दै गएपछि परिवारलाई पुनर्स्थापित गराउने प्रयास गर्नेछौं ।”
दुवै परिवार २०४३ सालको बाढीपीडितका रूपमा एकैसाथ अहिले बसिरहेकाे स्थानमा बसोबास गर्न आएका थिए र उनीहरूको आँगन समेत जोडिएको छ ।
छोरी गुमाएको पीडामा रहेका नवीन गौतमको परिवारको आर्थिक अवस्था निकै दयनीय छ । कागती बेचेर दैनिक गुजारा चलाउने गौतम परिवारलाई छोरीको काजकिरिया गर्नसमेत आर्थिक अभाव भयो । यो अवस्था देखेपछि स्थानीय समुदाय र संघसंस्थाहरूले सहयोगको हात अघि बढाएका छन् । स्थानीय राममणी बरालको सक्रियतामा सामाजिक सञ्जालमार्फत सहयोग संकलन अभियान चलाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)