एमाले महाधिवेशन : ओली र पोखरेलबाट सुरु भयाे मतदान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर मतदान  सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको हाे । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति: बुधबार, ०२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.