एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।

पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दिएका छन् । उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. बिन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उमेदवारी छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उमेदवार छन् ।

उपमहासचिव तीनजनाकाे काेटामा सातजनाको उमदेवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उमेदवारी दिएका हुन् ।

सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उमेदवारी परेको छ । सचिव ९ जनाकाे सिटमा २० जनाको उमेदवारी परेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०१ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.