एमाले महाधिवेशन : नजिकका नेताले छाडे ओलीको साथ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली निकटका नेताहरुले उनको साथ छाडेका छन् । नयाँ नेतृत्वका लागि मनोनयन गर्दा पदाधिकारीमा आफ्नो नाम नसमेटेपछि निकटका नेताहरुले उनको साथ छाडेका हुन् ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । भाेलि मतदान गर्ने कार्यसूची छ ।

महाधिवेशनमा उपाध्यक्षमा ओलीले अघि सारेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनी महासचिव पदका आकांक्षी थिए । तर, ओलीले महासचिवमा शंकर पोखरेललाई नै अघि सारे । त्यसपछि ज्ञवाली रिसाएका छन् ।

ओलीका विश्वासपात्र मानिएका नेताहरु अग्नि खरेल,रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम र भीमप्रसाद आचार्यले पनि उनको साथ छाडेका छन् । गोकुल बाँस्कोटा र कृष्णगोपाल श्रेष्ठले पनि उनको साथ छाडेका छन् । बाँस्कोटा र श्रेष्ठ ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवार छन् ।

पन्तले ओलीको निर्देशन अवज्ञा गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौत्तमले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन् । ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.