पेट्राेलकाे मूल्य बढ्याे, डिजेलकाे घट्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगमले मंगलबारबाट लागु हुने गरी पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको हाे ।

डिजेल र मट्टीतेलको मूल्य भने लिटरमा चार रुपैयाँले घटाइएको छ ।

“निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२/०९/०१ को बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.