सुजाता कोइरालाले युवालाई क्षेत्र छाडिन, क्षेत्रले पुरानै नेताको नाम पठायो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । वि.स. २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नक्बर २ मा उम्मेदवार बनेकी नेतृ सुजाता कोइराला एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले यो निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्न चाहिनन् । उनले युवाका लागि भन्दै ठाउँ छाडिन् । तर, क्षेत्रीय समितिले पुरानै नेताको नाम सिफारिस गरेपछि उनले असन्तुष्टि जनाएकी छन् ।

क्षेत्रिय समितिले उनको नाम समानुपातिक सूचीमा राखेर पठाएको छ । प्रत्यक्ष तर्फ डाक्टर मीनेन्द्र रिजाल, कोशी प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल २०७४ सालमा सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘‘मैले चुनाव नलड्ने घोषणा गरेँ, मेरो ठाउँमा कोही युवाहरू आऊन् भन्ने सोच थियो, तर दुर्भाग्यवश, त्यहाँ युवाहरू आएनन् र पुरानै अनुहार सिफारिस गरियो,कोइरालाले भनेकी छन्,’यो एकदमै दुःखलाग्दो कुरा हो ।’’

सुजाताको क्षेत्रमा मात्र होइन, मोरङका ६ वटै निर्वाचन क्षेत्रमा युवा अनुहार प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश क्षेत्रबाट ‘हेभीवेट’ र पुरानै नेताहरूको नाम सिफारिस भएको छ ।

काे काे भए सिफारिस ?

क्षेत्र नं. १: प्रत्यक्षतर्फ पूर्वमन्त्री डिकबहादुर लिम्बू (२०७९ का विजेता), प्रदेश सहमहामन्त्री खड्ग फागो र दिव्या बस्नेत। समानुपातिकमा सीता कार्की र इन्दुदेवी चौधरी ।

क्षेत्र नं. ३: प्रत्यक्षतर्फ मेडिकल व्यवसायी डा. सुनिल शर्माको एकल नाम सिफारिस (२०७९ का विजेता)। समानुपातिकमा पूर्व प्रदेश सांसद सुयर्माराज राईसहित बसन्त भट्टराई, अताबुल मन्सुर ।

क्षेत्र नं. ४: प्रत्यक्षतर्फ पूर्वमन्त्री महेश आचार्य, दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे, विनोद बस्नेत र दुर्गा कोइराला ।

क्षेत्र नं. ५: प्रत्यक्षतर्फ हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदी ।

क्षेत्र नं. ६: डा. शेखर कोइरालाको एकल नाम सिफारिस (२०७९ का विजेता) ।

सभापति भन्छन्– ‘युवा तयार भएनन्’

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू भने युवाहरूलाई पाखा लगाइएको स्वीकार्न तयार छैनन् । उनले युवाहरू नै नेतृत्वका लागि तयार नभएको दाबी गरे। ‘‘हामीले जबर्जस्ती उभ्याउने कुरा भएन, चुनाव लड्नका लागि युवाहरू अझै पूर्ण रूपमा तयार भइसकेका छैनन्,’’ सभापति लिम्बूले भने, ‘‘अलि परिपक्व र कार्यकर्ताले विश्वास गरेका साथीहरू नै सिफारिस भएर आउनुभएको छ ।’’

उनले बिस्तारै वातावरण बन्दै जाने बताउँदै थपे, ‘‘यस्तै दबाब रह्यो भने अर्को पटक धेरै युवाहरू आउँछन्। अर्को पटकसम्म धेरै नेताहरूले अवकाश लिनुहुन्छ, म पनि लिन्छु, अनि युवाहरूका लागि बाटो खुल्छ।’’

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.