एमाले महाधिवेशन : अध्यक्षमा ओली र पोखरेल भिड्ने, महासचिवमा पोखरेल र पाण्डे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र इश्वर पोखरेल समूहले प्यानल बनाएका छन् ।

अध्यक्षमा ओली र पोखरेल भिड्नेछन् । ओली पक्षाबाट महासचिवमा शंकर पोखरेल नै उम्मेदवार छन् । पोखरेल समूहबाट सुरेन्द्र पाण्डले महासचिवको उम्मेदवार छन् ।

ओलीको समूहबाट उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ । प्रदीप ज्ञवाली पनि उपाध्यक्षको उम्मेदवार छन् ।

उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम अघि सारिएको छ ।

९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ ।

ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने भएका छन् । उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी उम्मेदवार छन् ।

सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम छ ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.