सुनकाे मूल्यमा नयाँ रेकर्ड

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेकाे छ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च  भएकाे महासंघले जनाएकाे छ । आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ । आइतबार तीन हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.