काठमाडाैं । अष्ट्रेलियाकाे सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाकाे मृत्यु भएकाे छ । मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको न्यू साउथ वेल्स प्रहरीले जनाएकाे छ ।
बीबीसीका अनुसार हनुका पर्वको सुरुवातको उपलक्ष्यमा एक कार्यक्रम चलिरहेको बेला यो आक्रमण भएको थियो । प्रहरीले घटनालाई आतङ्कवादी हमलाको रूपमा लिएर अनुसन्धान गरिरहेको छ ।
आक्रमणमा संलग्न दुई बन्दुकधारी पक्राउ परेका छन् । प्रहरीका अनुसार ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा पक्राउ परेका हुन् । प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ । २४ वर्षीय छोराको उपचार भइरहेकाे छ ।
घटनामा ४२ जना घाइते भएका छन्, जसमध्ये घटनास्थलमा पुगेका केही प्रहरी अधिकारीहरू पनि छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार ५० वर्षीय बन्दुकधारीसँग वैध हतियार इजाजतपत्र थियो र उनका नाममा छवटा हतियार दर्ता थिए । आक्रमणस्थल बन्डी बिचमा छवटा हतियार फेला परेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ र ‘सचेतरुपमा यहुदी समुदायलाई लक्षित गरिएको’ बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)