अष्ट्रेलियाकाे सिड्नी गोलीकाण्डमा १५ जनाकाे मृत्यु, बाबुछाेराले चलाएका थिए गाेली

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । अष्ट्रेलियाकाे सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाकाे मृत्यु भएकाे छ । मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको न्यू साउथ वेल्स प्रहरीले जनाएकाे छ ।

बीबीसीका अनुसार हनुका पर्वको सुरुवातको उपलक्ष्यमा एक कार्यक्रम चलिरहेको बेला यो आक्रमण भएको थियो । प्रहरीले घटनालाई आतङ्कवादी हमलाको रूपमा लिएर अनुसन्धान गरिरहेको छ ।

आक्रमणमा संलग्न दुई बन्दुकधारी पक्राउ परेका छन् । प्रहरीका अनुसार ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा पक्राउ परेका हुन् । प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ । २४ वर्षीय छोराको उपचार भइरहेकाे छ ।

घटनामा ४२ जना घाइते भएका छन्, जसमध्ये घटनास्थलमा पुगेका केही प्रहरी अधिकारीहरू पनि छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार ५० वर्षीय बन्दुकधारीसँग वैध हतियार इजाजतपत्र थियो र उनका नाममा छवटा हतियार दर्ता थिए । आक्रमणस्थल बन्डी बिचमा छवटा हतियार फेला परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ र ‘सचेतरुपमा यहुदी समुदायलाई लक्षित गरिएको’ बताएका छन् ।

प्रकाशित मिति: सोमबार, ३० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.