काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ता हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम छ ।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सोमबार मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।
पुस १ गते मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)