विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस वितरण गर्ने भएकाे छ । माेरङकाे कटहरी गाउँपालिका – २ मा केन्द्रीय कार्यालय रहेकाे जीवन विकासले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे हाे ।
मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीकाे १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । संस्थाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कर प्रयोजनका लागि प्रस्तावित लाभांश १ करोड १३ लाख १९ हजार १६१ रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गर्नेछ ।
काेशी, मधेश र बागमती प्रदेशमा साढे तीन लाख सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ छ । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुग्नेछ ।
जीवन विकासले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को मुनाफाबाटसमेत सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)