जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस वितरण गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस वितरण गर्ने भएकाे छ ।  माेरङकाे कटहरी गाउँपालिका – २ मा केन्द्रीय कार्यालय रहेकाे जीवन विकासले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे हाे ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीकाे १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । संस्थाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कर प्रयोजनका लागि प्रस्तावित लाभांश १ करोड १३ लाख १९ हजार १६१ रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गर्नेछ ।

काेशी, मधेश र बागमती प्रदेशमा साढे तीन लाख सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ छ । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुग्नेछ ।

जीवन विकासले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को मुनाफाबाटसमेत सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, २९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.