सुनकाे भाउ हालसम्मकै उच्च, चाँदीकाे घट्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड ताेड्दै उच्च मूल्यमा काराेबार भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ  छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

शुक्रबारकाे  तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । शुक्रबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अमेरिकी डलरको मूल्यवृद्धिले पनि मूल्य  बढेकाे महासंघले जनाएको छ ।

चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ ।  शुक्रबार दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको छ । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

प्रकाशित मिति: आइतबार, २९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.