एमाले महाधिवेशन : भक्तपुरमा उद्घाटन, भृकुटीमण्डपमा आजबाट बन्दसत्र

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र  सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको थियाे । महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

उद्घाटनमा देशभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता थियाे । तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे ।

महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको छ । बन्दसत्रबाट एमालेले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

देशभरका करिब साढे ६ लाख सदस्यबाट छनोट भएका दुई हजार दुई सय ६२ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन हुनेछ । एक अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पाेखरेलले प्यानल बनाउने तयारी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, २९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.