२२ वर्षपछि इराकबाट फर्कियाे संयुक्त राष्ट्रसंघकाे मिसन

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । इराकमा संयुक्त राष्ट्रसंघको राजनीतिक मिसन अन्त्य भएको छ । अ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मिसन अन्त्य भएकाे  घोषणा गरे ।

बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसंघ सहायता मिसन (यूएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गरेकाे हाे । मिसनको समापन समारोहमा गुटेर्रेसले भने, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा यूएनएएमआई आभार व्यक्त गर्दछ ।”

उनले भने, “मिसन टुंगिए पनि संयुक्त राष्ट्रसंघ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।” इराकमा संयुक्त राष्ट्रसंघका संघसंस्था र कार्यक्रमहरू जारी रहनेछन् ।

यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “विश्वले बुझ्नैपर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”  उनले भने, “यूएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसंघ र इराकबीचको सम्बन्ध सामान्य बन्नेछ ।”

“यूएनएएमआई सहयोगको अन्त्य ‘सहयोगको नयाँ अध्याय’को सुरुवात हो,” सुडानीले भने, “संयुक्त राष्ट्रसंघसँगको हाम्रो सम्बन्ध इराकको आवश्यकता पूरा गर्न र पूर्ण आत्मनिर्भरताको चरणमा नपुगुञ्जेल सहयोग गर्न निर्णायक र प्रभावकारी थियो ।”

प्रकाशित मिति: आइतबार, २९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.