काेइराला निवास : आगजनीबाट जाेगिएकाे संरचनामा रंगराेगन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दाेलनका क्रममा गत भदौ २४ गतेको अराजक समूहले आगजनी गर्दा क्षतिग्रस्त ऐतिहासिक कोइराला निवासको पक्की खण्ड डा. शेखर कोइरालाले मर्मत गरेका छन् । मर्मत सम्भारपछि डा. कोइराला सोही निवासमा बस्न थालेका छन् ।

अराजक समूहले आगजनी गर्दा कृष्णप्रसाद कोइरालाले बनाएको १२० वर्षभन्दा पुरानो काठको संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । उक्त ऐतिहासिक संरचनालाई पुरानै शैलीमा पुनर्निर्माण गर्न इन्जिनियरले नक्सा तयार गरिसकेको कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले जानकारी दिए ।

राणाविरोधी आन्दोलनदेखि विभिन्न जनआन्दोलनको साक्षी रहेको यो घर राजनीतिक चेतनाको धरोहर मानिन्छ । कोइराला परिवारको अंशबण्डामा यो ऐतिहासिक घर डा. शेखर कोइरालाको भागमा परेको थियो । डाक्टर काेइरालाले याे घर रेखदेख गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.