विराटनगर । जेनजी आन्दाेलनका क्रममा गत भदौ २४ गतेको अराजक समूहले आगजनी गर्दा क्षतिग्रस्त ऐतिहासिक कोइराला निवासको पक्की खण्ड डा. शेखर कोइरालाले मर्मत गरेका छन् । मर्मत सम्भारपछि डा. कोइराला सोही निवासमा बस्न थालेका छन् ।
अराजक समूहले आगजनी गर्दा कृष्णप्रसाद कोइरालाले बनाएको १२० वर्षभन्दा पुरानो काठको संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । उक्त ऐतिहासिक संरचनालाई पुरानै शैलीमा पुनर्निर्माण गर्न इन्जिनियरले नक्सा तयार गरिसकेको कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले जानकारी दिए ।

राणाविरोधी आन्दोलनदेखि विभिन्न जनआन्दोलनको साक्षी रहेको यो घर राजनीतिक चेतनाको धरोहर मानिन्छ । कोइराला परिवारको अंशबण्डामा यो ऐतिहासिक घर डा. शेखर कोइरालाको भागमा परेको थियो । डाक्टर काेइरालाले याे घर रेखदेख गर्दै आएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)