कोशी प्रदेशमा धान उत्पादन घट्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । यो वर्ष कोशी प्रदेशमा धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो ।

निर्देशनालयका अनुसार गत वर्ष प्रदेशभर ११ लाख २२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ११ लाख २ हजार ९४९ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

कृषि विज्ञहरूका अनुसार रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनु उत्पादनमा आएको गिरावटको मुख्य कारण हो । कीराको प्रकोप र केही क्षेत्रमा धानबाली छोडेर देखिएको वैकल्पिक रोजाइले पनि उत्पादकत्वमा असर पारेको छ ।

उत्पादनसँगै खेती गरिने क्षेत्रफल पनि थोरै घटेको निर्देशनालयले जनाएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र खेती भएको थियो ।

कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.