कोशी प्रदेशमा धान उत्पादन घट्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । यो वर्ष कोशी प्रदेशमा धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो ।

निर्देशनालयका अनुसार गत वर्ष प्रदेशभर ११ लाख २२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ११ लाख २ हजार ९४९ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

कृषि विज्ञहरूका अनुसार रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनु उत्पादनमा आएको गिरावटको मुख्य कारण हो । कीराको प्रकोप र केही क्षेत्रमा धानबाली छोडेर देखिएको वैकल्पिक रोजाइले पनि उत्पादकत्वमा असर पारेको छ ।

उत्पादनसँगै खेती गरिने क्षेत्रफल पनि थोरै घटेको निर्देशनालयले जनाएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र खेती भएको थियो ।

कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.