विराटनगर । प्रहरीले विराटनगरबाट १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेकाे छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)