पत्नी हत्याकाे ८ वर्षपछि आराेपी पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पत्नीको हत्या गरेर फरार भएकाे आराेपमा प्रहरीले  ८ वर्षपछि पतिलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई माेरङकाे बेलबारीबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेकाे अभियाग नारदमणिमाथि छ । सुतिरहेका बेला बिहानका राति १ बजेतिर कुटपिट गरेर पत्नी अम्बिकाको हत्या गरेको उनीमथि अभियाेग थियाे ।

उनलाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ बाट बिहीबार पक्राउ गरी अड्डासार गरेर भोजपुर पुर्याएको छ । पत्नीको हत्यापछि भागेर मोरङ झरेका नारदमणि बेलबारी–३ का छत्रबहादुर गुरुङको घरमा डेरा गरेर बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.