पत्नी हत्याकाे ८ वर्षपछि आराेपी पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पत्नीको हत्या गरेर फरार भएकाे आराेपमा प्रहरीले  ८ वर्षपछि पतिलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई माेरङकाे बेलबारीबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेकाे अभियाग नारदमणिमाथि छ । सुतिरहेका बेला बिहानका राति १ बजेतिर कुटपिट गरेर पत्नी अम्बिकाको हत्या गरेको उनीमथि अभियाेग थियाे ।

उनलाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ बाट बिहीबार पक्राउ गरी अड्डासार गरेर भोजपुर पुर्याएको छ । पत्नीको हत्यापछि भागेर मोरङ झरेका नारदमणि बेलबारी–३ का छत्रबहादुर गुरुङको घरमा डेरा गरेर बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.