सांकेतिक तस्वीर । विराटनगर । मोरङको कटहरी गाउँपालिकामा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर एक महिला गम्भीर घाइते भएकी छन् ।
कटहरी गाउँपालिका–२ हल्दिबारी बस्ने ४७ वर्षीया मीनादेवी राजवंशी मंगलबार दिउँसो आफ्नै घरमा जलेर घाइते भएकी हुन् ।
दिउँसो करिब १ बजेतिर घरको चुलोमा खाना पकाउने क्रममा अचानक उनले लगाएको सारीमा आगो सल्किएको थियो । आगलागीबाट राजवंशीको खुट्टा, कम्मर र पेटको भाग गरी करिब ४० प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी उनको अहिले कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)