रंगेलीबाट ९ सय किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो गाँजा बरामद गरेको छ । बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालय नजिकै खेतबाट ९ सय २१ किलाे गाँजा बरामद गरेकाे हाे ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएकाे हाे । प्रहरीले बरामद गरेकाे गाँजा २९ वटा बोरामा राखिएकाे थियाे ।

बरामद भएकाे गाँजाकाे ताैल ९ सय २१ किलो ६६ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ ।  गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।

काेशी प्रदशकाे पहाडी जिल्लामा उत्पादन हुने गाँजा माेरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेकाे छ । भारत लैजानकै लागि लुकाएकाे अवस्थामा गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.