रंगेलीबाट ९ सय किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो गाँजा बरामद गरेको छ । बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालय नजिकै खेतबाट ९ सय २१ किलाे गाँजा बरामद गरेकाे हाे ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएकाे हाे । प्रहरीले बरामद गरेकाे गाँजा २९ वटा बोरामा राखिएकाे थियाे ।

बरामद भएकाे गाँजाकाे ताैल ९ सय २१ किलो ६६ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ ।  गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।

काेशी प्रदशकाे पहाडी जिल्लामा उत्पादन हुने गाँजा माेरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेकाे छ । भारत लैजानकै लागि लुकाएकाे अवस्थामा गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.