काठमाडौं । मधेश केन्द्रित तीन दलबीच एकता हुने भएकाे छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बीच एकता हुने भएकाे हाे ।
संयुक्त विज्ञप्ति जारी गर्दै तीन पार्टी एकीकृत हुने जनाइएकाे छ ।
“वास्तविक राष्ट्रिय एकताको मजबुती र संवर्द्धनको एकमात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा आगाडि बढन संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध सिमान्तिकरणमा पारिएकाहरूको बृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)