एनपीएलकाे फाइनल प्रवेशका लागि विराटनगर र लुम्बिनी भिड्दै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । हार्ने टाेली तेस्राे रहनेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाे थियाे । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो ।

प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा पुगेकाे थियाे ।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।

प्रकाशित मिति: बिहिबार, २६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.