कक्षाकोठाबाट खेतसम्म : आत्मनिर्भर बन्ने अभ्यासमा विद्यार्थी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’अभियान अन्तर्गत व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक सीप सिक्ने उद्देश्यले कक्षा ११ र १२ का २४ जना विद्यार्थीले आलु र लसुन खेती थालेका हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बीउबिजन तथा प्राविधिक सहयोगमा विद्यार्थीहरूले करिब ३ कट्ठा जग्गामा खेती गरिरहेका छन् । खेतीकाे रेखदेख विद्यार्थीले नै गर्नेछन् । पढ्दै कमाउँदै अभियान अन्तरगत विद्यार्थीलाई कृषि उत्पादनसँग जोड्नका लागि सहयोग गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

धनपालथान गाउँपालिका– ४ मा रहेको हंशबाहिनी आधारभूत विद्यालयका १३ जना अति विपन्न विद्यार्थीलाई पनि पढ्दै कमाउँदै अभियान अन्तरगत जीवन विकासले कुखुराको चल्ला सहयोग गरेको छ । मंगलबार १३ जना विद्यार्थीलाई बिउ पूजीकf रुपमा ८ वटाका दरले कुखुराको चल्ला वितरण गरेको हो ।

उद्यमशीलता विकासका लागि जीवन विकासले छुट्टै विभाग स्थापना गरि अभियान सञ्चालन गरिरहेकाे छ ।

प्रकाशित मिति: बुधबार, २५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.