एनपीएलको इलिमिनेटरमा आज काठमाण्डू र लुम्बिनी भिड्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

याे खेलकाे विजेता टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग विराटनगर ७७ रनले पराजित भएकाे थियो ।

पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । जारी प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् ।

सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।

काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बुधबार, २५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.