प्रतिनिधिसभा निर्वाचन : माेरङमा कांग्रेसबाट को–को भए उम्मेदवार सिफारिस ?

Satya Sanchar सत्य सञ्चार
नेपाली कांग्रेस माेरङ जिल्ला समितिकाे कार्यालय

विराटनगर । माेरङमा नेपाली कांग्रेसकाे क्षेत्रिय समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको नाम सिफारिस गरेकाे छ ।

जिल्लाका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रबाट एकल नाम सिफारिस भएको छ । अन्य क्षेत्रबाट आकांक्षीहरूको सूची जिल्ला समितिमा पठाइएको छ ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार क्षेत्रीय समितिहरूले सर्वसम्मत र बहुमतका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरेका हुन् ।

कांग्रेसको ‘हेविबट’ नेता डा. शेखर कोइरालाको नाम क्षेत्र नम्बर ६ बाट एकल सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा डा. कोइराला सोही क्षेत्रबाट विजयी भएका थिए । क्षेत्र नम्बर ३ बाट मेडिकल व्यवसायी डा. सुनिल शर्माको नाम पनि एकल सिफारिस गरिएको छ । कम्युनिष्टहरूको बलियो प्रभाव क्षेत्र मानिने यस क्षेत्रबाट गत निर्वाचनमा शर्माले जित हासिल गरेका थिए ।

क्षेत्र नम्बर १ बाट कांग्रेस मोरङका सभापति एवं पूर्वमन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम सिफारिस भएको छ। लिम्बू यस क्षेत्रका निवर्तमान सांसद हुन् ।

क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस भएको छ । रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डित सिफारिसमा परेका छन् । २०७९ को निर्वाचनमा उम्मेदवार बनेकी नेतृ सुजाता कोइरालाको नाम यसपटक सिफारिस भएको छैन ।

क्षेत्र नम्बर ४ बाट सिफारिस हुनेमा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलिपकुमार गच्छदार, नेता गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेत र महिला तर्फ दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस भएकाे छ ।

जिल्ला उपसभापति माझीका अनुसार बुधबारसम्म सबै क्षेत्रबाट उम्मेदवारहरूको नामावली जिल्ला समितिमा आइपुग्ने छ ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.