विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि सानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले ७७ रनले विराटनगरलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।

फाइनल प्रवेशका लागि विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.