आरोपी पक्राउ परेपछि अंशु गौतमको अन्त्येष्टि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको २ महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

गत २३ असोजमा बेपत्ता भएकी अंशुको शव १८ दिनपछि जंगलमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव अस्पतालको शव गृहमा राखिएको थियो ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकीसमेत रहेका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेपछि मंगलबार चिसाङ खोलामा धार्मिक परम्परा अनुसार अंशुको अन्तिम संस्कार भएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले जानकारी दिइन् ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.