आरोपी पक्राउ परेपछि अंशु गौतमको अन्त्येष्टि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको २ महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

गत २३ असोजमा बेपत्ता भएकी अंशुको शव १८ दिनपछि जंगलमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव अस्पतालको शव गृहमा राखिएको थियो ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकीसमेत रहेका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेपछि मंगलबार चिसाङ खोलामा धार्मिक परम्परा अनुसार अंशुको अन्तिम संस्कार भएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले जानकारी दिइन् ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.