मन्त्रालयलाई मेयरको पत्र :  प्रमुख प्रशासकीय अधिकृत सरुवाले धान फल्न समस्या छैन’

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  धनकुटाको पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनौठो पत्र लेखेका छन् ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवाप्रति असन्तुष्टि जनाउँदै पालिकाको लेटरप्याडमा प्रशासनिक मर्यादा र भाषाशैली विपरित पत्र लेखेका हुन् । पत्रमा उनले  दिनैपिच्छे प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा पनि काम नरोकिने ब्याङ्ग्य गरेका छन् ।

पत्र लेखेका प्रमुख गुरुङ मोबाइल फोन अफ छ । उपप्रमुख नम्रता गौतमका अनुसार समयअवधि नपुगी प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको थियो । सामान्यतया १ वर्षमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने परम्परा छ । पालिकामा हाजिर भएको करिब ८ महिनामा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको सरुवा भयो । उनको स्थानमा आउने प्रमुख प्रशासकिय अधिकृतको टुंगो छैन । पालिका प्रमुखले  पत्र लेखेको विषयमा भने उनले कुनै प्रतिक्रया दिन मानिनन् ।

नगर प्रमुख गुरुङले सोमबार पठाएको पत्रमा प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक र आर्थिक कामकाजमा असर परेको घुमाउरो रुपमा व्याङ्ग्य गरेका छन् ।

उनले लेखेको पत्रमा भनिएको छ,‘ पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना–महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक–एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ।’

पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, २३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.