पुस ९ गतेदेखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पुस ९ गतेदेखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गरिने भएको छ । मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका– २ शान्ति चोकमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजना गर्न लागेको हो ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै  संघले पुस ९ देखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने बताएको छ ।

संघका अध्यक्ष अनुपम राठीले आर्थिक गतिविधिलाई चलायमान बनाउनेका लागि एक्स्पो आयोजना गर्न लागिएको बताए ।

एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने उनलेछन् ।

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी राठीले दिए । भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिने उनले बताए ।

यसअघि संघले कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०१८ र २०२२ तथा मोरङ व्यापार संघ एक्स्पो–२०२३ आयोजना गरेको थियो । २ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।

प्रकाशित मिति: सोमबार, २३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.