विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलका सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
४५ वर्षीय चौधरी फुर्सदको समयमा गाउँघरमा धामीझाँक्रीको काम समेत गर्थे । सोही ‘धामी काम’ र ‘टुनामुना’ को विषयलाई लिएर उत्पन्न रिसइबीका कारण उनको हत्या भएको हाे ।
गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगरबाट झुम्का जाने नहरको भित्री सडकमा सिटी सफारी चलाइरहेका बेला चौधरीमाथि गोली प्रहार भएको थियो । करिब दुई महिना लामो सुक्ष्म अनुसन्धानपछि प्रहरीले यो हत्या योजनाबद्ध रूपमा ‘सुपारी’ (कन्ट्र्याक्ट किलिङ) दिएर गराइएको निष्कर्ष निकालेको छ ।
घटनामा संलग्न भएकाे आराेपमा सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजु भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका– ४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका– ५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार हत्याको मुख्य कारण अन्धविश्वास र व्यक्तिगत रिसइबी देखिएको छ ।
पक्राउ परेका योजनाकारद्वय राजकिशोर साह र नन्दकिशोर साह दाजुभाइ हुन् । उनीहरूले मृतक चौधरीमाथि तन्त्रमन्त्र र टुनामुना गरी लामो समयदेखि आफ्नो परिवारका सदस्यहरूलाई बिरामी बनाएको र दुःख दिएको आरोप लगाएका छन् ।
‘मृतक चौधरी धामी रहेछन् । ५–६ वर्षअघि विवाद हुँदा उनले ‘देखाइदिन्छु’ भन्ने धम्की दिएका रहेछन्, संयोगवश त्यसपछि साह परिवारका सदस्यहरू बिरामी भइरहने भएछन्,’ उनले भने,’टुनामुनाकै कारण परिवार बिरामी भएको अन्धविश्वासमा परेर उनीहरूले हत्याको योजना बुनेको देखिन्छ।’
प्रहरी अनुसन्धान अनुसार हत्याका लागि ६ लाख ५० हजार रुपैयाँमा ‘सौदाबाजी’ भएको थियो । सुटरलाई काम सुरु गर्नुअघि ३ लाख रुपैयाँ पेस्की (एडभान्स) दिइएको र हत्यापछि बाँकी रकम दिने सहमति भएको थियो । घटनामा प्रयोग भएको हतियार अझै बरामद हुन सकेको छैन भने मुख्य योजनाकारसहित अन्य केही व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)